
काठमाडौँ, २९ चैत । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा आज सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।
यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।















प्रतिक्रिया