५ कार्तिक २०८३, बिहिबार

रियलमीले नेपालमा ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक, यस्ता छन् फिचर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीजअन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।

माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथगेमिङ उत्साहीहरुको मन जित्नेछ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि ९६ द्वारा संचालित नार्जो ५० ले दुई कोर्टेक्स–ए७६ कोर र छ वटा कोर्टेक्स–ए५५ कोरको २.० गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ ।

यो १८० हर्जको टच स्याम्पलिङ्गदरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक र्‍याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी र्‍यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ ।

५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ । यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्वीरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न रबी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ ।

रियलमी नार्जो ५० मारेसिङ कारहरुबाट प्रभावित १७४ ग्रामतौल र ८.५ मिमि मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।

यो फोन दुई भिन्न आकर्षक रङ्गहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध छ र दुई स्टोरेज भेरियन्टहरु ४+६४ जिबी मूल्य रु. २२,९९९/–र ६ ६+१२८ जिबी मूल्य रु. २६,४९९/–मा उपलब्ध छ ।

रियलमी नार्जो ५० दराज डटकममा उपलब्ध छ ।

https://click.daraz.com.np/e/_6yjex

रियलमी नार्जो ५० का मूख्य विशेषताहरुः

मिडियाटेक हेलियो जि९६ प्रोसेसरः

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली गेमिङ प्रोसेसर हेलियो जि ९६ सहित उपलब्ध छ, जसले पछिल्लो (जी९५)को तुलनामा ४२% कार्यसम्पादन वृद्धि देखाउँछ । नवीन हेलियो जि९६ ले दुई कोर्टेक्स–ए७६ कोर र छ वटा कोर्टेक्स–ए५५ कोर २ं०५ गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन देखाउँछ ।

सेग्मेन्टमा उच्च रिफ्रेस दर डिस्प्ले:

विश्वभरका युवा गेमरहरुलाई सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले१८० हर्ज टच स्याम्पलिङ्ग दर र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ ईन्चको डिस्प्ले अपनाएको छ ।

यो उच्च रिफ्रेस दरले ब्याट्री बचतको लागि रिफ्रेस दर समायोजनको ६ स्तरहरुलाई समर्थन गर्छ र उल्लेखनीय रुपमा राम्रो अनुभव प्रदान गर्न एनिमेसन, स्क्रोलिङ र खेलहरुमा ब्लर कटौती गर्छ । यसमा ९०.८% स्क्रिन टु बडी रेसियो छ ।

३३ वाट डार्टचार्ज र ५००० एमएएच् म्यासिभ ब्याट्री:

रियलमी नार्जो ५० मा ५००० एमएएच् मेगाब्याट्री रहेको छ जसको साथमा चाहेको बेला नन–स्टप प्रयोगको मज्जा लिन सकिन्छ । नार्जो ५० ल ब्याट्रीलाई अझ बढी टिकाउको लागि ५००० एमएएच् ब्याट्रीका साथ विभिन्न सफ्टवेयर प्रयोग गरेकोे छ ।

सुपर पावर सेभमोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्तगर्न मद्दत गर्दछ र स्लीप अप्टिमाइजेसन/एपफ्रिजर र स्क्रिन अप्टिमाइजेसन सधैँ त्यहाँ स्ट्यान्डबाइमा हुन्छ ।

भीसीभीटी इन्टेलिजेन्ट ट्युनिङ एलगोरिदम, भीएफसी ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदम र इन्टेलिजेन्ट फाइभ कोरप्रोटेक्सन विशेषताका साथ नार्जो ५० को नयाँ ३३ वाट डार्ट चार्ज छिटो र सुरक्षित छ । यसले फोनलाई ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।

क्यामेरा:

रियलमी नार्जो ५०मा ‘५० एमपी’ एआई त्रिपल क्यामेराका साथ उपलब्ध छ । यसले एफ/१.८ एपर्चरको साथ ५० एमपी ईमेज सेन्सर प्राइमरी क्यामेरा पनि अपनाएको छ, जसले तस्बिरहरुलाई स्पष्ट र उज्यालो बनाउँछ । साथै, ४एक्स म्याक्स डिजिटल जुमले प्रयोगकर्ताहरुलाई लामो दूरीबाट स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ ।

रियलमी नार्जो ५० मा सुपर क्लोज फोकस दूरीको साथ म्याक्रो लेन्स पनि उपलब्ध छ । यसले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रो फोटो खिच्न र माइक्रो वल्र्डको आकर्षण अन्वेषण गर्न सशक्त बनाउँछ ।

बी एण्ड डब्लु लेन्सले पोट्र्रेटहमा कलात्मक अनुभव प्रदान गर्दछ, जसले कालो र सेतोमा पुनः उत्पादन गर्दै उच्च एक्सपोजर प्रदान गर्दछ र प्रकाश र गाढा ईमेज बीचको भिन्नता बढाउँछ । मास्टर पोट्रेट कार्यहरुको बनावटलाई समायोजन गरी फोटोहरु रेट्रो फिल्म शैलीमा ट्युन गर्न सकिन्छ र अन्तिम पोट्रेट शटमा बनावट थप्न सकिन्छ ।

डाइनामिक रेम एक्सपान्सन टेक्नोलोजी (डीआरई):

रियलमीले नार्जो ५० माफोनको मेमारीको कमीलाई पुरा गर्न डीआरई प्रविधिको विकास गरेको छ, जसले रोमलाई र्‍याम विस्तार गर्न भर्चुअल र्‍याममा परिणत गर्छ । प्रयोगकर्ताहरुले ११ जीबीसम्म र्‍याम विस्तार गर्न पाउनेछन् । यो सुविधाले स्मार्टफोनमा चल्ने गेम र प्रोग्रामहरुको गतिलाई तिव्र बनाउनेछ ।

रियलमीको बारेमाः

टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ ।

युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।