५ कार्तिक २०८३, बिहिबार

नेपाल चेम्बर अफ कमर्शको ७१औं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल चेम्बर अफ कमर्शले आफ्नो ७१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सङ्घीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा चेम्बरले आइतबार एक विशेष समारोहको आयोजना गरी संस्थाको स्थापना दिवस मनाउनाका साथै ७१औँ साधारण सभा सम्पन्न गरेको हो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले निजी क्षेत्रको पुरानो संस्था चेम्बर अफ कमर्शले नेपालको आर्थिक क्षेत्रमा पुर्याउँदै आएको योगदान अतुलनीय रहेको बताए ।

त्यस्तै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्श निजी क्षेत्रबाट स्थापित देशकै जेठो संस्था भएको उल्लेख गर्दै देशभित्र उद्यमशीलता विकास, रोजगारी सृजना, औद्योगिकीकरण, अर्थतन्त्र चलायमान गर्ने जस्ता सवाललाई प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले हाल सरकारले एलसी खोल्न बन्देज लगाएकोप्रति आपत्ति व्यक्त गर्दै सरकारको निर्णयले निजी क्षेत्र अत्यन्तै मर्माहत भएको बताए ।

कार्यक्रम माझ विभिन्न उद्यमी एवम् शाखाहरुलाई सम्मान गरिएको थियो ।