
काठमाडौं, २७ चैत। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना पूर्वअर्थमन्त्री राखेर मुलुकको विग्रदो अर्थतन्त्रका विषयमा ब्रिफिङ गर्ने भएको छ।
आइतबार होटल हिमालयनमा १२ः३० मा पत्रकार सम्मेलन गरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन, अहिलेको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा पारेको प्रभावका विषयमा व्याख्या गर्नेछन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा अहिलेको सत्ता गठबन्धन सरकारले अर्थतन्त्रमा असर गर्नेगरी गरेका निर्णयबारे पनि पूर्वअर्थमन्त्रीहरूले बताउनेछन्।











प्रतिक्रिया