
काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरममा सहकारीबारे आफ्नो प्रस्तुती दिँदै उनले सो कुरा बताएका हुन् ।
अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।
आगामी निर्बाचनमा सही पार्टी र उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै पूर्वमन्त्री पाण्डेले चुनावले नै मुलुक समृद्धिको आधार तयार गर्ने बताएका छन् ।















प्रतिक्रिया