५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशियाका सीइओ न्यौपाने ‘म्यानेजर अफ द इयर–२०२२’ बाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘म्यानेजर अफ द इयर–२०२२’ बाट सम्मानित गरेको छ ।

शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘म्यानेजर अफ द इयर–२०२२’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फेलो एन आइ सी एशियन्सलाई समर्पण गर्दै पुरस्कारबाट सम्मानित गर्नु भएकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।

उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वहाँको नेतृत्वमा बैंक सफल भएको छ ।

साथै, समस्त ग्राहक महानुभावहरू, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस ‘म्यानेजर अफ द इयर–२०२२’ सम्मानले बैंकको सञ्चालक समिति, डीएनए ओभरसाइट कमिटि लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको जनाइएको छ ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सीइओ अफ द इयर २०७८’ र ग्लोबल बिजनेस आउटलुक (जीबीओ) लण्डनबाट ‘बैंकिंग सीइओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भएका थिए ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।