
काठमाडौँ, २६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।
काठमाडौँमा एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कानुन मान्ने, कानुनमा विश्वास राख्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रुपले पालना गर्न प्रतिवद्ध रहेको जनाए ।
तर जे गर्दा पनि सहने चाँहि नहुने ओलीको भनाइ छ । जे गर्दा पनि चुप लाग्ने भन्ने चाँहि नहुने तर विधिसम्मत रुपमा कानुनको पालनाका लागि एमाले प्रतिवद्ध रहेको ओलीले जनाए ।















प्रतिक्रिया