
काठमाडौँ, २६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रतिपक्षी दलसँग कुनै पनि छलफल र परामर्श नगरी आचारसंहिता लागू गरेको बताएका छन् ।
आफ्ना पार्टीका प्रतिनिधिहरुले आचारसंहिता पढ्न र छलफल गर्नुपर्ने माग गरेकोमा आयोगले बेवास्ता गरेको ओलीले जनाए ।
कोटेश्वरमा आयोजित समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले सुरुमै कारवाहीको डण्डी देखाएर आचारसंहिता घोषणा गरेको बताए । उनले आयोग पक्षपती भएको बताउँदै सत्तापक्षको पृष्ठपोषण गरेको जनाए ।
ओलीले निर्वाचन आयोगलाई निष्पक्ष हुन आग्रह गरेका छन् । निष्पक्ष भएर दलहरुसँग परामर्श गरेर अघि बढ्न ओलीले आग्रह गरे । उनले भने, ‘दलहरु निर्वाचनमा जाने हुन्, दलहरुसँग परामर्श गरेर निष्पक्ष रुपमा निर्वाचन आयोग काम गरोस्, सत्तापक्षलाई सजिलो बनाउन गरी होइन ।’
आयोगले सुरुमै जो कोही भए पनि कारवाही गर्ने भन्दै दिएको चेतावनीले नै मान्नु नपर्ने बुँदाहरु आचारसंहितामा भएको पुष्टि गरेको बताए ।
उनले भने, ‘आयोगको कार्य निर्वाचन गराउने हो थर्काउने होइन ।’















प्रतिक्रिया