
पोखरा, २६ चैत । युवा संघ नेपाल पोखरा महानगरपालिका वडा न ३३ को प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
सम्मेलनले केशव आचार्यको अध्यक्षतामा ४५ सदस्यीय कमिटीको चयन गरेको छ । सम्मेलनको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज भीम कार्कीले उद्घाटन गरेका थिए ।
कार्कीले देश र जनताको जीवनस्तर उकास्न नेकपा एमालेबाट मात्रै सम्भभब भएको भन्दै सम्पूर्ण युवाहरू उत्साहका साथ आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न स्पस्ट योजनाका साथ लाग्नु पर्ने उल्लेख गरेका छन् ।
सो अवसरमा उक्त वडामा पनि काङ्ग्रेस, माओवादी लगायतका पार्टीमा आस्था राख्ने सन्जु भण्डारी, अनिल थापा, सुशील पौडेल, कमल अधिकारीलगायतका दर्जन बढी युवाहरू युवा संघ नेपालमार्फत एमालेमा समाहित भएका छन् ।
उनीहरूलाइ केन्द्रीय सदस्य कार्की, जिल्ला कमिटी सदस्य तथा उक्त वडाका इन्चार्ज शिव प्रसाद आचार्य, एमाले ३३ का अध्यक्ष दिपक लामिछने, युवा संघका केन्द्रीय सदस्य विकास अधिकारी, केन्द्रीय सदस्य महेश्वर अर्याल र युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जीसीलगायतले स्वागत गरेका थिए ।















प्रतिक्रिया