६ कार्तिक २०८३, शुक्रबार

स्थानीय तह निर्वाचन : जितपुरसिमरामा प्रमुख र उपप्रमुखका उम्मेदवारको चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २६ चैत । स्थायी सरकारको रुपमा रहेको स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गएसंगै बारामा चुनावी सरगर्मी बढ्दो छ ।

बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गरेर राजनितिक दलको गतिविधि चुनाव केन्द्रीत हुन थालेका छन् भने प्रमुख र उपप्रमुख को बन्ने भन्ने चर्चा पनि सुरु भएको छ ।

यसै बिच जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि यतिबेला थुप्रै नेताको नाम चर्चामा छ । नगर प्रमुखमा निर्वाचित डा. कृष्ण पौडेलले नदोहोर्‍याउने संकेत गरिसकेका छन् । डा. पौडेलले नदोहोर्‍याउने भएपछि प्रमुख पदका लागि अहिले उपप्रमुख सरस्वतीदेवी चौधरी, एमाले नेता मनोज पौडेल,कासिम हुसेनको नाम एमालेबाट अधिक चर्चामा छ । यसबाहेक अनिल मैनालीको नाम पनि प्रमुख पदको आकांक्षीको रुपमा चर्चा गर्न थालिएको छ ।

आकांक्षी धेरै देखिएपछि उम्मेदवार चयन प्रक्रिया एमालेका लागि कठिन हुने देखिएको छ ।

उपप्रमुख सरस्वतीदेवी चौधरी पुन उपप्रमुख मै रहने चर्चा पनि चलेको छ भने मनोज पौडेल २०७४ सालको निर्वाचनमा पनि नगर प्रमुखको दौडमा थिए । यसपटक पनि उनले दावीलाई निरन्तरता दिएका छन् ।

पार्टीको पूर्व प्रचार विभाग प्रमुख रहेका पौडेल हाल एमाले बाराको सचिवालय सदस्य हुन् । कार्यकर्ता र जनता माझमा लोकप्रिय रहेका पौडेल खासगरी युबाहरुको रोजाइमा छ्न । एमालेले पौडेललाई उम्मेदवार बनाएमा गठबन्धन भएपनी गठबन्धनले जित्न सक्ने अबस्था नरहने जितपुरसिमराका स्थानीय बताउछ्न ।

त्यसैगरी एमालेबाट उप प्रमुखमा नगर अध्यक्ष भोला अधिकारी,जिल्ला कमिटी सदस्य अनिता चौधरी,कमल चौधरी आकांक्षी देखिएका छन ।

नेपाली कांग्रेसभित्र पनि थुप्रै आकांक्षी देखिएका छन् । कांग्रेसबाट प्रमुख पदका लागि अहिले प्रमुख दावेदारका रुपमा श्यामबाबु गुप्ता,कृष्ण ब्रत सिङ र नारायणी रायमाझिको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि अहिले सबैभन्दा बढी अनिल श्रेष्ठ, राजन पौडेल,जयराम दाहालको नाम चर्चामा छ ।