५ कार्तिक २०८३, बिहिबार

अजोड इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा कार्यक्रम र बीमा अभिकर्ता तालिम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । अजोड इन्स्योरेन्स कम्पनीले घुम्ती बीमा सेवा कार्यक्रम र बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ ।

कम्पनीले चैत १९–२१ गते रौतहटको चन्द्रपुर नगरपालिका–१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अजोड इन्स्योरेन्सको प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताबारे प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा चन्द्रपुर नगरपालिका–१०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादवसहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

त्यस्तै कम्पनीले चैत २२–२४ गते रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपक्षी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई कम्पनीका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागिता थियो ।