५ कार्तिक २०८३, बिहिबार

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रूपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नवीनतम योजना र सोचहरूलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

चैत १८ गतेदेखि लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ई–बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । सोही क्रममा हिजो बुधबार सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरूलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी सङ्कलन गर्ने, ऋण सङ्कलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने तथा अन्य व्यावसायिक जटिलताहरूमा उचित परामर्श प्रदान गर्दै आएको छ ।