५ कार्तिक २०८३, बिहिबार

बाल अस्पतालको भवन निर्माणका लागि पञ्चकन्या ग्रुपले गर्‍यो आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । पञ्चकन्या ग्रुपले झापाको दमक–७ मा निर्माण हुने बाल अस्पतालको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ ।

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरू निर्माण गर्ने सहमति भई एक सम्झौता–पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।

हालै दिवगंत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ ।

उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ र प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाका लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने बताए ।

केआईओसीएचका डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधासम्पन्न बाल अस्पतालको खाँचो उक्त अस्पताल सञ्चालनमा आएपछि पूरा हुने बताए । पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ ।