६ कार्तिक २०८३, शुक्रबार

केबलकार निर्माणका लागि निजी कम्पनीलाई सरकारले दियो २२ हेक्टर बनक्षेत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । केबलकार निर्माणका लागि चम्पादेवी ईको फ्रेण्डली प्रालिलाई सरकारले २२ हेक्टर बनक्षेत्र उपलब्ध गराएको छ ।

उक्त बनक्षेत्र प्राप्त भएसँगै कम्पनीले अब केबलकार निर्माणको कार्यलाई तीव्ररूपमा अगाडि बढाउने बताएको छ । केही कानुनी अवरोधहरूबारे सर्वोच्च अदालतले सकारात्मक निर्णय दिएको तथा दक्षिणकाली नगरपालिकाले निर्माण तथा सञ्चालन अनुमति दिइसकेकाले अब निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने कम्पनीको भनाइ छ ।

दक्षिणकाली नगरपालिकाबाट निर्माण तथा सञ्चालन अनुमतिपत्र प्राप्त गरेपश्चात् निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरुसँग परामर्श गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप–वे का जग्गाहरु खरीद गर्ने काम सम्पन्न गरिएको पनि कम्पनीले जनाएको छ ।

हिजो बिहीबार पत्रकार सम्मेलन गरी कम्पनीले दिएको जानकारी अनुसार खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेशनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप–वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको जानकारी पनि कम्पनीले दिएको छ । कम्पनीले उक्त केबलकार सञ्चालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरेको तथा त्यहा जडान गरिने केबलकार यूरोपियन केबलकार हुने बताएको छ ।

कम्पनीले उक्त केबलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । कम्पनीले उक्त केबलकार २०७९ सालको अन्त्यमा शुरू गरेर २०८१ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।