५ कार्तिक २०८३, बिहिबार

रियलमीले बजेटमैत्री नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ चाँडै नेपालमा सार्वजनिक गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको समार्टफोन ब्रान्ड रियलमीले, नार्जो सिरीजअन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ ।

नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० ुमाइटी परफर्मेन्स बुस्टरु स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उत्साहीहरुको मन जित्नेछ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ ।

सधैँ झैँ, रियलमीले विश्वभरकायुवाहरुकालागियीदुई फोनको साथमा एन्ट्री लेभल स्मार्टफोनहरु ल्याउनुका साथै ‘डेयर टे लिप’ ब्रान्ड अवधारणा समावेश गर्नेछ ।

रियलमी नार्जो ५०

रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीजअन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रमाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर हेलियो जी९६ साथमा आउनेछ – यसले पछिल्लो जी८५ भन्दा ४२ % कार्यसम्पादन वृद्धि देखाउँछ । विश्वव्यापी रुपमा युवा खेलाडीहरुलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८०हर्ज टच नमुना दर र १२०हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ ।

रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ जसको साथमा नन–स्टप प्रयोगको मजालिन सकिनेछ । सुपर पावर बचत मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्तगर्न मद्दत गर्दछ ।

रियलमी नार्जो ५० दुई आकर्षक रङ्गहरु स्पीड ब्लाक र स्पीड ब्लु साथमा दुई स्टोरेज भेरियन्टहरु ४जीबी ६४ जीबी र ६ जीबी १२८जीबी उपलब्ध हुनेछ ।

रियलमी सी ३५

विश्वभरका युवा प्रयोगकर्ताहरुलाई छलांग अनुभव प्रदान गर्न, रियलमी सी ३५ ले पाँचवटा नयाँ सुविधाहरु – ८.१एमएम अल्ट्रा–स्लिम डाइनामिक ग्लोइङ्ग डिजाइन, फ्लागशिप स्तरीय ५० एमपी क्यामेरा, ६.६एफएचडी फुलस्क्रिन ५००० एमएएच् ब्याट्री र टीयुभी रेनल्याण्ड हाइ रिअ्याबिलिटी सर्टिफिकेसन प्रदान गर्नेछ ।

युनिसोक ट६१६ शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले एनटुटु बेन्च मार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीजअन्तर्गतको पहिलो फोन हो जसमा डीआरई डायनामिक रेम विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दापनि सहज अनुभव प्रदान गर्दछ । रियलमी सी३५ मा सी सिरीजअन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ ।

रियलमी सी ३५ दुईवटा आकर्षक रङ्गहरु ग्लोइङ्गब्लाक र ग्लोइङ्ग ग्रीनको साथमा दुई स्टोरेज भेरियन्टहरु ४जीबीं६४जीबी र ४जीबीं१२८जीबीमा उपलब्ध हुनेछ ।

रियलमीको बारेमा

टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ ।

युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरुसम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ ।

काउन्टर पोइन्ट रिसर्चका अनुसारः भारतीय बजारमा ५जी ल्याउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स५० प्रो ५जी र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष ५जी स्मार्टफोन ब्रान्ड बनेको छ ।

रियलमीले १ ५ टी रणनितिद्वारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफइको सिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।