५ कार्तिक २०८३, बिहिबार

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने, २५ प्रतिशतसम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमन्ेट सर्विस लिमिटेडले २०७८ सालको अन्तिमदिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ ।

यस अफर अन्तर्गत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरि २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् ।

यस अफर अन्तर्गत फोनपेमार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ ।

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको हो । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथामार्फत घोषणा गरिनेछ ।

यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् । सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरि भोजडिल, फुडमांडु, सेल्सबेरी, डेलिग्रोसरि, खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवाप्रदायकका मोबाईल एप्स्मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।