
काठमाडौँ, २४ चैत । सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।















प्रतिक्रिया