६ कार्तिक २०८३, शुक्रबार

अनेरास्ववियुद्वारा ‘मेरो परिकल्पनाको स्थानीय सरकार’ निबन्ध लेखन प्रतियोगिता सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २४ चैत । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘मेरो परिकल्पनाको स्थानीय सरकार’ विषयक निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

म्याग्दीका स्थानीय तहहरुलाई लक्षित गरी आयोजना गरिएको सो प्रतियोगिता विद्यालयहरूको उल्लेख्य सहभागिता रहेको थियो । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको सर्कुलर अनुसार ‘मेरो परिकल्पनाको स्थानीय सरकार’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

उक्त प्रतियोगिताअन्तर्गतको बेनी केन्द्रमा बेनी आवासीय माध्यमिक विद्यालय बेनीका बिवश शर्माले पहिलो स्थान हासिल गरेका छन् । त्यस्तै प्रकाश मावि बेनीका गृष्मा जीसी दोश्रो, ज्ञानोदय मावि मौवाफाँटका सुस्मिता शर्माले तेश्रो स्थान हासिल गरेका छन् । त्यस्तै बेनी बजारको माउण्ट एभरेष्ट माविकी आयुस्मा केसीले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।

त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका केन्द्रमा भएको कार्यक्रममा पश्चिम क्षेत्रका विद्यालयको सहभागीता थियो । उदयबहादुर दर्जीको संयोजना तथा मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किसानि मावी बिमकी सम्झना खत्री प्रथम, जनप्रीय मावी दरवाङकी बिजया शर्मा दोश्रो र गौ बम बस्त माबी देविस्थान बिपासा सिउथानीले तेश्रो स्थान हासिल गरेकी थिइन् भने निस्कोट माबी निस्कोटकी रश्मि पुन र केबी एकेडेमी दरवाङकी निसा किसानले सान्त्वना स्थान हासील गरेका थिए ।

दरवाङमा भएको कार्यक्रममा प्रमुख अतिथि खरमायाँ बिटालुले विद्यार्थी भविष्यको कर्णधार हुन् र उनीहरुको भिजन र उनीहरुको सोचको सम्मान नेतृत्वले गर्न पर्ने बताइन् । बिटालुले देश विकास अनि स्थानीय तहका बिकासका लागि एमालेको नीतिले नै काम गरेकाले आगामी निर्वाचनमा पनि एमालेले जित्नुको बिकल्प नरहेको बताइन् ।

बिटालुले युवा तथा बिद्यार्थीहरु अब आउँदै गरेका तीनै तहको निर्वाचनका लागि अग्र मोर्चामा खट्नु पर्ने बताइन् ।

सदरमुकाम बेनीमा भएको कार्यक्रममा संयोजक कल्याण सुवेदीको सञ्चालन एवम् अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसका सचिब सुजन खत्री, अनेरास्ववियु गण्डकी प्रदेश सम्योजक प्रकाश पौडेलको प्रमुख आतिथ्यता, रहेको थियो भने अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज सुबास बिश्वकर्मा बिशिष्ट अतिथि रहेका थिए ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दिका सचिव मिलन खत्रीको स्वागत मन्तब्य, अनेरास्ववियु म्याग्दिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पौडेलले अहिले राजनीति प्रती युवा विद्यार्थीको बितृष्णा बढ्न सक्ने सम्भावनालाइ ध्यानमा राखेर सरकारले कार्यक्रम ल्याउन पर्ने भए पनि सरकारको ध्यान एमाले बिरुद्ध मोर्चा बनाउने मै केन्द्रीत रहेको बताए ।

अनेरास्ववियु मुलुकको अग्रणी विद्यार्थी संगठन हो र समृद्ध नेपाल शुखी नेपाली अभियान एमालेले मात्रै गराउन सक्ने भएकाले अखिल त्यो लक्ष्यको मुल खम्बा भएको हुनाले नै स्थानीय तह कस्ता चाहिन्छ भनेर खोजी अभियान जस्तै गरी निवन्ध लेखन प्रतियोगिता थालेके बताए ।

पौडेलले आगामी निर्वाचनमा युवा तथा विद्यार्थीको मागलाइ सम्बोधन हुने गरी घोषणा पत्र दलहरुले तयार गर्नु पर्ने र त्यसकालागि सुझाब दिन अखिलले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

अनेरास्ववियु म्याग्दीका इन्चार्ज सुबास बिश्वकर्माले विद्यार्थीहरुले दियको सुझाबलाइ मध्यनजर गर्दै युवा विद्यार्थीको समस्यामा केन्द्रित रहि हरेक पार्टिले घोषणा पत्र बनाएमा युवा विद्यार्थी पलाएलाई रोकि प्रभाब कारी स्थानीय सरकार बनाउन सकिने बताए ।

देश बिकास गर्न सक्ने र समृद्धि तर्फको यात्राका लागि एमाले सँग भिजन भएको हुँदा देशका हरेक सरकारको नेतृत्व एमालेले गरेमा मात्रै मुलुक समृद्धि तर्फ अगाडि बढ्ने बिश्वकर्माले बताए ।