६ कार्तिक २०८३, शुक्रबार

एनएमबिको विस्तारीत काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । एमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवधकिशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रम माझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ ।

शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनीमिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छन् ।

एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’प्राप्तगरि सकेकको छ ।

एनएमबि बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।