६ कार्तिक २०८३, शुक्रबार

विद्रोहीको गोली लागी कंगोमा नेपाली सेनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । विद्रोहीको गोली लागी कंगोमा एक जना नेपाली सेनाको मृत्यु भएको छ ।

गोली लागी घाइते भएका ती सेनाको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ निवासी अनिल गुरुङ छन् । उनको हिजो मंगलबार मृत्यु भएको हो ।

कंगोमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनामाथि विद्रोहीले आक्रमण गर्दा गुरूङ गोली लागी घाइते भएका थिए । घाइते उनलाई अज्ञात स्थानबाट हेलिकोप्टरमार्फत उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेपाली सेनाले जनाएको छ ।

शान्ति स्थापनाजस्तो महा कार्यमा खटिएका उनको कर्तव्य पालनाकै सिलसिलामा मृत्यु भएको भन्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मृतक गुरूङप्रति उच्च सम्मान प्रकट गरेका छन् । साथै घटनाले सिंगो सेनालाई स्तब्ध पारेको भन्दै शर्माले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।