
काठमाडौं, २३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि ‘यात्रुमैत्री प्रहरी व्यवहार’ अनुशिक्षण तालिम सञ्चालन गरिएको छ ।
हिजो मंगलबारदेखि सञ्चालन गरिएको तालिम तीन दिनसम्म चल्ने छ । सो तालिममा विमानस्थलमा कार्यरत २६५ जना प्रहरी हवल्दार तथा जवानहरु सहभागी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सेवाग्राहीहरूलाई सभ्य, शिष्ट र नम्र व्यवहार गरी यात्रुमैत्री सेवा प्रदान गर्नाका साथै समस्यामा परेका यात्रुहरुलाई आवश्यक सहयोग गरी हवाई यात्रुहरुलाई सुरक्षाको प्रत्याभुती दिलाई सुरक्षित साथ गन्तव्यसम्म पुग्न सहजीकरण गर्दै आम समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च राख्नु तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ ।















प्रतिक्रिया