६ कार्तिक २०८३, शुक्रबार

खाना पकाउने ग्यासकोसहित सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । खाना पकाउने ग्यासकोसहित सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

नेपाल आयल निगमले हिजो मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले यो पटक खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको छ । जस अनुसार यसअघि १ हजार ५७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।

निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।