६ कार्तिक २०८३, शुक्रबार

निजी क्षेत्रलाई विद्युत् व्यापार अनुमति दिन सरकार तयार छ : ऊर्जामन्त्री भुसाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिने कार्यविधि तयार भइसकेको जानकारी दिएकी छिन् ।

कार्यविधिलाई स्वीकृत गर्न कानुन मन्त्रालयमा पठाएको तर ऐनको अभावले त्यहि रोकिएको जानकारी उनले दिएकी हुन् । ‘कानुन मन्त्रालयले ऐनमा व्यवस्था नभएकाले कार्यविधि आउन नसक्ने राय पठाएको छ,’ उनले भनिन्, ‘संसद अवरोध भएर पास पनि हुन पाएन अध्यादेशबाटै भए पनि हामी नयाँ विद्युत् ऐन ल्याउने विषयमा गृह कार्य गरेका छौँ ।’

‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ अन्तर्गत सोमबार भएको अन्तरक्रियाको पहिलो सत्र नेपालको विद्युत् उत्पादन र खपत सत्रमा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिहले नेपालको बिजुली खपत योजना बनाउनु पर्ने र भविश्यमा दक्षिण एसियामै पुग्ने सम्भावना रहेकाले उत्पादनमा जानु पर्ने सुझाव दिएका छन् ।

नेपालको भूगोल र आवश्यकता अनुसार सौर्य ऊर्जा प्रभावकारी हुने भएकाले त्यता लगानी बढाउन निजी क्षेत्रलाई सुझाव सिंहको छ ।