६ कार्तिक २०८३, शुक्रबार

पोखराका सहकारीकर्मीलाई साइबर सुरक्षा तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ चैत । राष्ट्रिय सहकारी बैंक पोखरा र तालचोक शाखाको आयोजनामा पोखराका सहकारीकर्मीहरूलाई साइबर सरक्षा तालिम प्रदान गरिएको छ ।

प्रविधिमा हुने जोखिम न्यूनीकरणसम्बन्धी एकदिने साइबर सुरक्षा तालिम सोमबार सम्पन्न भएको छ । सहकारीहरू प्रविधिको उपयोगतर्फ अग्रसर भइरहेको अवस्थामा प्रविधिको प्रयोगमा आउन सक्ने जोखिमको पहिचान र न्यूनीकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसीले सहकारी क्षेत्रले वित्तीय र उत्पादनलगायत क्षेत्रमा बिचौलियाको अन्त्यका लागि प्रयत्न गर्दै आएकोमा पछिल्लो समय प्रविधि क्षेत्रका बिचौलियाहरूसँग पनि लड्नुपर्ने अवस्था आएको बताए । उनले सहकारीलाई व्यावसायिक र मर्यादति बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका आइटी विभाग प्रमुख नवीन कुमार कार्कीले प्रविधिको पहुँच बढेसँगै यो क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू पनि आएको बताए । प्रविधिमा आउन सक्ने चुनौतीलाई न्यूनीकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिदै उनले सहकारी बैंकले आफ्ना सदस्य र आम सहकारीकर्मीहरूलाई प्रविधिमा हुने जोखिमसम्बन्धी सचेतना फैलाउने काम गर्दै आएको बताए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, पोखरा शाखाका प्रमुख नरेश पाण्डेको स्वागत र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।