६ कार्तिक २०८३, शुक्रबार

मेलम्चीको पानी यो वर्ष पनि काठमाडौं आउने सम्भावना टर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । मेलम्चीको पानी यस वर्ष काठमाडौँमा आउने सम्भावना करीब अन्त्य भएको छ ।

यही चैत मसान्तसम्ममा पुनः पानी वितरण गर्ने भनिए पनि त्यो सम्भावना टर्न लागेको बताइएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो ।

मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ ।

प्रभावित आयोजनाको मर्मतको काम भएकाले यति नै समयमा पानी आउँछ भन्न सकिने अवस्था नरहेको आयोजनाको भनाइ छ । सकभर छिटो मर्मत गर्ने र पानी आपूर्ति नियमित गर्ने प्रयासमा आयोजना रहेको बताइएको छ ।