६ कार्तिक २०८३, शुक्रबार

हिमालयन हाइड्रो एक्स्पो : आजको सेमिनारमा ऊर्जामन्त्री भुसाल तथा गगन र सुरेन्द्र सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता देखिएको छ ।

एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरूले बताएका छन् । एक्स्पोमा चलिरहेको सेमिनारमा दुई दिनमा गहन विषयहरूमा छलफल भएको छ भने एक्स्पोको अन्तिम दिन आज सोमबार हुने अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ ।

ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णकुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने बताइएको छ ।

सोमबार दिउँसो १ बजेदेखि सुरु हुने उक्त सेसनमा जलविद्युतका सम्बन्धमा घनीभुत छलफल हुने भन्दै एक्स्पोका आयोजक संस्थाहरू स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसले इच्छुक सहभागीहरूलाई सेमिनारमा सहभागी हुन आग्रह गरेका छन् । इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युतको विकासका सम्बन्धमा नीतिगत विषयमा गहन मन्थन हुने छ ।