
काठमाडौँ, २० चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५ औँ शाखा कार्यालय स्थापना गरी आज चैत २० गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
बैंकले विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया