१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय स्वाभिमान जागृत गराएका छौँः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएको दाबी गर्नुभएको छ ।

नेकपा (एमाले) खोटाङले आज दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरेको चुनावी जनसभामा उहाँले भन्नुभयो, “हामी आफैँ विकास गर्न सक्छौँ भन्ने सन्देश प्रवाह गरेको छौँ ।”

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सधैँ गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ ।”

उहाँले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन आगामी वैशाख–३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई दुई तिहाई बढी स्थानमा जिताउन आग्रह गर्नुभयो ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेतासहित खोटाङ आउनुभएका अध्यक्ष ओलीले पवित्र धाम हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताउनुभयो । अध्यक्ष ओलीले पत्नी शाक्यसँगै हलेसीमा पूजा आरधना गरेर रु दुई लाख भेटी चढाएको घोषणा पनि गर्नुभयो ।

हलेसीको दर्शनपछि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गर्नुभएको थियो ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको स्मरण गराउनुभयो । –रासस