
विराटनगर, १९ चैत । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् ।
सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज शनिबार बिहान नोबेल अस्पतालअगाडि मृत अवस्थामा भेटिएका हुन् ।
एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए ।
डाक्टरको हत्या भएको हुन सक्ने आशंका मृतकका आफन्तहरूले गरेका छन् । घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै उनीहरूले नाराबाजी समेत शुरू गरेका छन् ।















प्रतिक्रिया