६ कार्तिक २०८३, शुक्रबार

कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषमार्फत रकम हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’मार्फत मेलाम्चीका बाढीपीडित वस्ती निर्माणका लागि संकलित रकम हस्तान्तरण गरिएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई एकीकृत वस्ती निर्माण गर्नका लागि कलाकारहरुद्वारा स्थापना गरिएको कोषमार्फत मेलाम्ची बाढीपीडित एकीकृत वस्ती निर्माण समितिलाइ ९ लाख ९ हजार १६८ रुपैयाँ २३ पैसा हस्तान्तरण गरिएको हो ।

सिन्धु सहयोग कोषका संयोजक अभिनेता कृष्ण मल्लले समितिका अध्यक्ष कृष्ण थापालाई उक्त रकम हस्तान्तरण गरे । कोषका सह–संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् भने कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जितु नेपाल, सहण्ûकोषाध्यक्षमा चेतन सापकोटा छन् ।

त्यस्तै सदस्यहरूमा अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी छन् ।