६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा सत्तारूढ दलहरूले गठबन्धन गर्ने, जिल्लास्तरीय संयन्त्र गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १९ चैत । सत्तारूढ दलहरूले रुपन्देहीमा चुनावी गठबन्धन गर्ने भएका छन् ।

रुपन्देहीमा चुुनावी तालमेल आवश्यक रहेको ठहर पाँच दलले गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै त्यसका लागि जिल्लास्तरीय संयन्त्र समेत गठन गरेका छन् ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जीसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको बताइएको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुुस्थिति बुुझी केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने छ । संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुुस्थिति बुुझी चैत २२ गते थप छलफल गर्ने छ ।