
जनकपुर, १९ चैत । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले खरीद गरेर ल्याएको दुई वटा नेपाली रेल भोलिखेखि नियमित सञ्चालनमा आउन लागेको छ ।
रेल खरीद गरेर नेपाल ल्याइएको समयमा कोरोना भाइरसको महामारी चरमोत्कर्षमा पुगेकाले सोहीबेला सञ्चालनमा आउन नसकेको रेल आज शनिबार उद्घाटन गरेर भोलि आइतबारदेखि नियमित सञ्चालनमा ल्याउन लागिएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागेका हुन् ।
आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ ।

दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै रेल एकैचोटी चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ ।
एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ ।
नेपालले भारतसँग किनेका ति दुई वटा रेल गत असोज २ गते नेपाल आइपुगेको थियो । नेपाल आफैंले खरीद गरेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेका थिए । नेपालको उक्त रेल ५–५ डिब्बाका छन् ।















प्रतिक्रिया