६ कार्तिक २०८३, शुक्रबार

पारस्परिक र ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन भारत आएको हुँ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १९ चैत । हिजोदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको पारस्परिक र ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन आफू भारत भ्रमणमा आएको बताएका छन् ।

हिजो शुक्रबार यहाँस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो कुरा बताएका हुन् । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनको भनाइ छ ।

आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने जानकारी उनले दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने दाबी प्रधानमन्त्री देउवाको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।