६ कार्तिक २०८३, शुक्रबार

कामना सेवा बैंकद्वारा थप दुई वटा शाखारहित बैंकिङ सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । कामना सेवा बैंकले थप दुई वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो छैठौं र सातौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बताएको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप दुई वटा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको बैंकको भनाइ छ ।

बैंकले हिजो बिहीबार मोरङको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैठौं र लेटाङ–९ मदनचोकको एवि मेडिकल हलमा सातौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।