६ कार्तिक २०८३, शुक्रबार

लायन्स क्लब अफ शिवराजद्वारा आयोजित शिविरमा ५१० जनाले गराए आँखा जाँच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा (कपिलवस्तु), १८ चैत । कपिलवस्तुकोे खरेन्द्रपुरमा आयोजित आँखा शिविरमा ५१० जनाले आँखा जाँच गरेका छन् ।

हिजो बिहीबार लायन्स क्लब अफ शिवराजको आयोजना तथा बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविरमा आयोजना गरिएको थियो । शिविरमा जाँच गराएका मध्ये ४८ जनालाई मोतिया विन्दुको शल्यक्रियाका लागि बुटवल रिफर गरिएको क्लबका अध्यक्ष कमल पाण्डेयले जानकारी दिए ।

शिविरलाई सम्बोधन गर्दै शिवराज नगरपालिका–३ का अध्यक्ष टेकलाल सापकोटाले लायन्स क्लबले सम्वेदनशील अङ्ग आँखाको निःशुल्क चेकजाँच तथा औषधि उपचारको व्यवस्था गरेकोमा क्लबलाई धन्यवाद दिए । अध्यक्ष सापकोटाले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रूपैयाँ क्लबलाई सहयोग पनि गरेका छन् ।

शिविरमा आएका बिरामीहरूलाई निःशुल्क औषधि वितरणका लागि सो सहयोग गरेको उनले बताए । शिविर जस्तै अन्य विभिन्न सामाजिक काममा अग्रसर रहन क्लबलाई उनले आग्रह गरेका छन् । – माधव बेल्वासे