
काठमाडौं, १७ चैत। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दोलखा जिल्लामा रित्तिने अवस्थामा पुगेको छ। नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष भुवन केसीसहितको टोली विहीबार एमालेमा फर्किएको छ।
कांग्रेसको सेवा गर्न माधव नेपाल उद्दत रहेपछि टोलीसहित फर्किएको केसीले बताएका छन्। यस्तै, उक्त पार्टीको युवा संघका केन्द्रीय सदस्य श्याम तामाङसहितका युवा पनि एमाले फर्किएका छन्।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले उनीहरूलाई स्वागत गरेका हुन्। केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका नेताले पनि स्वागत गरेका थिए।











प्रतिक्रिया