३ मंसिर २०८३, बिहिबार

चैत मसान्तअघि नै नेपाल प्रहरीको आईजी टुंगो लाग्ने, सशस्त्रको अन्यौल!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत। निर्वाचन आयोगले स्थानीय चुनावको एक महिनाअघि नै आचारसंहिता लागू गर्ने तयारी गरेपछि नेपाल प्रहरीका नेतृत्वको टुंगो चैत मसान्तअघि नै लाग्ने सम्भावना बढेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चैत मसान्तअघि नै आचारसंहिता लागू गर्ने बताएको विवरणहरूमा उल्लेख छन्। त्यसो हुँदा निर्वाचन नसकिएका मितिसम्म सरकारले प्रहरीको सरुवा, बढुवा र राजनीतिक नियुक्ति गर्न पाउँदैन।

आयोगले उक्त निर्णय लिएको खण्डमा १८ वैशाखमा ३० बर्षे सेवा अवघि पुगी अनिवार्य अवकाशमा जान लागेका प्रहरी प्रमुख शैलेश थापाको विदाअघि नै नयाँ आईजी सरकारले नियुक्त गर्नुपर्ने हुन्छ।

यस्तै सशस्त्र प्रहरीका आईजी शैलेन्द्र खनाल चैत २८ गते विदा हुँदा २१ दिनका लागि अहिलेका एआईजी मध्यका एक जना कमान्डमा आउनेछन्। तर, चुनावअघि नै संगठनको प्रमुखबाट विदा हुनुपर्ने भएकाले सरकारले कस्तो निर्णय लिन्छ भन्नेमा अन्यौल छ।

२८ चैतमा सशस्त्रमा आईजी हुने एआईजीको कार्यावधि १९ वैशाखसम्म मात्र हुन्छ। जुनबेला आचारसंहिता लागिसकेको हुनेछ।

निर्वाचन आयोगले दलहरूलाई आचारसंहिता लगाउने निर्णय सुनाउन र छलफलका लागि २२ चैतमा सर्वदलीय बैठक आह्वान गर्न लागेको छ।