६ कार्तिक २०८३, शुक्रबार

न्यून चापीय प्रणालीका कारण आज केही ठाउँमा क्षणिक वर्षाको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । भारतको बिहार हासपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा हल्का वर्षा समेत भइसकेको छ ।

आज दिउँसो पनि काठमाडौंसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ ।

यस्तै, काठमाडौंमा केही दिनयता देखिएको वायु प्रदूषण तत्काल हट्ने सम्भावना नरहेको पनि महाशाखाकाृ पूर्वानुमान छ । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने भए पनि अहिले त्यस्तो नदेखिएको मौसमविद्हरूको भनाइ छ ।

काठमाडौंको आज बिहान साढे ७ बजे एअर क्वालिटी इन्डेक्स (एक्यूआई) १६२ रहेको छ । काठमाडौं प्रदूषित शहरको पाँचौ नम्बरमा छ । हिजो बिहान एक्यूआई १६१ रहेको थियो ।

त्यस्तै अस्ति दिउँसो काठमाडौंको एक्यूआई १६७ रहेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । १५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।