६ कार्तिक २०८३, शुक्रबार

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १५ चैत । कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमा प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ ।

यसले लगभग १ सय ५० गन्तव्य सहित एयरलाइनको बृहत्त सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ ।

यस साझेदारी मार्फतअब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टीड अवार्ड सीटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत श्रृंखला सहितका लाभहरु उठाउन सक्नेछन् ।

प्रिभ्लेज क्लबले एभिओस अपनाएको उपलक्ष्यमा, सदस्यहरूले प्रोमो कोड क्यूआरएभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद+एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दाबिजनेस वा फस्र्ट क्लासमा १०,००० बोनस एभियोस वा इकोनोमी क्लासमा ५,००० बोनस एभिओसको फाइदा लिन सक्नेछन् । यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।

https://www.qatarairways.com/en/offers/bonus-avios.html?cid=ORALL61280 दिइएको लिंक मार्फत योजनाका बारेमा थप जानकारी लिन सकिन्छ ।

अवार्ड सिटहरूको विस्तृत उपलब्धताका कारण सदस्यहरूका लागि कतार एयरवेजमा एभिओस उपयोग गरी प्रति दिन ४ सय उडान सहितको व्यापक विश्वव्यापी सञ्जालको फाइदा उठाउँदै अझ ठूलो छनोटको अवसरउपलब्ध भएको छ ।

यात्रुले आफ्नो इच्छा तथा आवश्यकता अनुसार अष्ट्रेलियाका ५, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका३५ र एसियाका ४२ गन्तब्यलगायतविश्वका विभिन्न स्थानहरुमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, वानवल्र्ड साझेदारहरू बीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभ्लेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गरिएको छ ।

ब्रिटिश एयरवेज एक्जेक्यूटिव क्लबको सदस्यहरूका लागि ब्यालेन्स सीमा वा स्थानान्तरण शुल्क बिनाएभिओस खाताहरू संयोजन गर्ने, एभिओस ब्यालेन्सको असिमित स्थानान्तरणको सुविधा समेतउपलब्ध गरिएको छ ।

एभिओसको संयोजन गर्ने सुविधा मार्फत सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा उपलब्ध कतार एयरवेज र ब्रिटिश एयरवेजको अवार्ड दुवै उडानमा खर्च गर्ने र रिडिम गर्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ ।

नयाँ सुविधा अन्तर्गत सदस्यहरूले अब उडान पुरस्कार विकल्पहरूको फराकिलो दायरामा अभुतपूर्व खर्च गर्ने अवसरहरू सहित थप पुरस्कारहरू माथि आफ्नो सहज पहुँच बनाउँदै अझ आकर्षक फाइदाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

भर्खरै परिस्कृत क्याश+ क्यूमाइल्स विकल्पको प्रयोग गरी फाइदा लिइसकेका सदस्यहरूले पनि क्याश+एभिओस मार्फत समान पुरस्कार लाभहरूको आनन्द लिनजारी राख्न सक्नेछन् ।

यसले सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा आफ्नो उडान बुकिङको अंश–भुक्तानी गर्ने शक्ति प्रदान गरिएको छ । एभिओसको उपयोग पुरस्कार उडानहरू, केबिन अपग्रेडहरू, अतिरिक्त सामानहरू र थप धेरै पुरस्कारहरूको दायरामा पनि प्रयोग गर्न सकिन्छ ।

प्रिभिलेज क्लबका विद्यमान सदस्यहरूको क्यूमाइल्स ब्यालेन्स, १ः१ अनुपातमा स्वतः एभिओसमा परिमार्जित गरिँदै लोयल्टि कार्यक्रमको नयाँ पुरस्कार मुद्रा, एभिओसमा परिमार्जित हुनेछ ।

प्रिभिलेज क्लबले पुरस्कारको नयाँ संसार खोल्दै गर्दा, क्यूपोइन्ट्स/क्यूक्रेडिट जस्ता प्रचलित प्रिभ्लेज क्लब सुविधाहरू अपरिवर्तित रहनेछन् । साथै, अवार्ड उडान रिडेम्प्सनका लागि एभिओसको रकम पहिलेकै क्यूमाइल्सको प्रक्रिया झैँरहने एयरवेजले जानकारी दिएको छ ।