
काठमाडौं, १५ चैत। प्रहरी प्रधान कार्यालय नक्सालले ६ जना प्रहरी उपरिक्षक (एसपी)को काज सरूवा गरेको छ। मोरङका जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरूवा गरिएको छ भने उनको ठाउँमा शान्तिराज कोइरालालाई खटाइएको छ।
बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वर यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ। सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ।
गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिएको हो। पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा पठाइएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।











प्रतिक्रिया