३ मंसिर २०८३, बिहिबार

धेरै मत ल्याएर पराजित भएका ठाउँमा ‘तालमेल मात्र’ गर्ने निर्णय गर्दै कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत। नेपाली कांग्रेस सत्ता साझेदार दलसँग गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा नजाने भएको छ। तर धेरै मत ल्याएर पराजित भएका ठाउँमा भने सत्ता साझेदारसँग तालमेल गर्नेगरी मंगलबार केन्द्रीय समितिले निर्णय लिने बताइएको छ।

कांग्रेस उच्च स्रोतका अनुसार गठबन्धन गरी जाँदा पार्टीभित्र पनि विवाद कायम रहने र कम सिट मात्र पाइने भएका कारण तालमेललाई केन्द्रबाट प्राथमिकता दिइने भएको छ।

‘प्रदेश र जिल्ला समितिलाई गठबन्धन या तालमेलका लागि निर्णय गर्ने अधिकार दिने विषयमा पनि छलफल भएको छ। आज पूर्ण रुप दिएर निर्णय गरिन्छ’, कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन्,‘घर–घर जाऔं कांग्रेस जितऔं भन्ने अभियानमा एक्लै लड्दा जित्न सक्ने रिपोर्टिङ भएकाले पनि सत्ता गठबन्धन पनि नभत्कने र तालमेल हुने निर्णय गर्ने तयारी छ।’