६ कार्तिक २०८३, शुक्रबार

ओपोलाई जीएलओएमओ अवार्ड्स २०२२ मा “डिसरप्टिभ डिभाइस इन्नोभेशन” उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना, १४ चैत । एमडब्ल्यूसी २२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओपोलाई “डिसरप्टिभ डिभाइस इन्नोभेशन” अवार्डद्वारा सम्मानित गरिएको छ ।

फाइन्ड एनमा रहेको हिन्ज एण्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओपोलाई प्रदान गरिएको हो । अवार्डको घोषणा मोबाइल वल्र्ड लाइभमार्फत साशा ट्विनिंग र जन्टिन स्प्रिंघमद्वारा सह–प्रायोजित भर्चुअल समारोहमार्फत गरिएको हो । समारोहको स्ट्रिमिंग विश्वभरका दर्शकका लागि लिंक्डइन मार्फत गरिएको थियो ।

“यस वर्षको जीएलओएमओमा फाइन्ड एनका लागि डिसरप्टिभ डिभाइस इन्नोभेशन अवार्डद्वारा सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । ओपोका उत्पादन तथा प्रविधिका लागि औद्योगिक क्षेत्रका मित्रहरुका साथै स्वयम् प्रयोगकर्ताद्वारा प्राप्त ठूलो पहिचानका रुपमा हामीले यसलाई लिएका छौँ”, ओपोका ओभरसिज सेल्स एण्ड सर्भिसका उपाध्यक्ष बिल्ली च्यांगले भने, “आर एण्ड डीका चार बर्ष र ६ पुरावृत्ति पश्चात प्रविधि प्रेमीहरुका साथै सर्वसाधारण जनताका लागि समेत दैनिक उपयोगिताका लागि ओपो फाइन्ड एनमार्फत फोल्डेबल उपकरणले सार्थकता पाएको देख्न पाउँदा हामी हर्षित छौँ । ओपोमा हामीले गर्ने हरेक कार्यहरु प्रयोगकर्ताको अनुभवमाथि केन्द्रित हुने गर्छन् । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै आममानिसलाई प्राविधिक नवप्रबर्तन मार्फत प्रयाक्टिकल भ्यालु कसरी पस्कन सकिन्छ भन्ने अन्वेषण जारी नै राख्नेछौँ ।”

“जीएलओएमओको कठिन मूल्यांकन प्रक्रियाका कारण यो अवार्ड औद्योगिक जगत्मा निकै सम्मानित रहेको छ” जीएलओएमओका प्रमुख निर्णायक तथा सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सले भने, “ओपोको फोल्डेवल फाइन्ड एनमा रहेका नवप्रबर्तनबाट निर्णायकहरु अति प्रभावित भएका छन् ।

ओपोको यस प्रविधिलाई टिकाउपना र तीव्र गतिमा परिपक्वता उन्मूख बजार उपयोगिताका लागि निर्णयकहरु विशेष प्रभावित भएका छन् । ओपोद्वारा बजारमा रहेको सर्वाधिक मितव्ययी ठूलो फोल्डेवल फोनमार्फत यसको प्रस्तुतिलाई पनि विशेष प्राथमिकताका साथ मध्यनजर गरेका छन् ।”


सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सको अध्यक्षतामा जीएलओएमओ अवार्ड्को सह–निर्णायक मन्डलीमा २०० स्वतन्त्र औद्योगिक विशेषज्ञ, अन्वेषक, पत्रकार, शिक्षाविद्, मोबाइल अपरेटर प्रतिनिधि तथा सीटीओहरुको सहभागिता रहेको यस अवार्डलाई मोबाइल उद्योगमा सर्वाधिक सम्मानित उपाधिका रुपमा लिइन्छ ।

डिसरप्टिभ डिभाइस इन्नोभेशन क्याटेगरीले नयाँ प्राविधिक उत्पादनहरुमा कार्य सम्पादन तथा समग्र प्रयोगकर्ता अनुभवमा सुदृढिकरण ल्याउन हार्डवेयर तथा सफ्टवेयरमा भित्राइएका नवप्रवर्तनको विशेष मूल्यांकन गर्दछ । विशेषतः ओपोको फाइन्ड एनमा रहेको पृथक, स्व–विकासित हिन्ज मेकानिजमका साथै पृथक बाह्य डिजाइनका लागि यो उपाधि प्रदान गरिएको हो ।

सन् २०२१ को अन्त्यतिर सार्वजनिक गरिएको फाइन्ड एनओपोको पहिलो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन हो । कार्य सम्पादनमा सहजतार्थ विशेष ध्यानदिएर गरिएको यसको डिजाइनका कारण फाइन्ड एनलाई आवश्यकता पर्दा एकै हातले सहजताका साथ चलाउन सकिन्छ भने अनफोल्ड गरी ठूलो स्क्रिनको मज्जा पनि लिन सकिन्छ ।

विशेषतः फोल्डेवल फोन्सका स्क्रिनमा देखिने क्रिज समस्याको समाधानार्थ यसमा ओपोले आफ्नो फ्लेक्शन हिन्ज डिजाइन उपलब्ध गराएको छ । नयाँ हिन्जले स्क्रिन क्रिज घटाउने र विश्वसनीयता बढाउनुका साथै स्क्रिनलाई विभिन्न कोणमा समेत स्वतन्त्र रुपमा उभिन (५०–१२० डिग्रि) सघाउँछ । हालका मिति सम्म आइपुग्दा फाइन्ड एनका लागि १० लाखभन्दा बढी अर्डर प्राप्त भइसकेको छ ।