६ कार्तिक २०८३, शुक्रबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको रोडहाउस क्याफेले १० प्रतिशत छूट दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको रोडहाउस क्याफेले आफ्नो विभिन्न सेवामा १० प्रतिशत छूट उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी बैंक अफ काठमाण्डू र रोडहाउस क्याफे पोखराबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छूट प्राप्त गर्ने छन् ।

सम्झौतापश्चात् बैंकका ग्राहकले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ठ १०% छूट पाउने छन् । उक्त छूटको उपयोग गर्नका लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने शर्त राखिएको छ ।

रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरू प्रदान गर्दै आइरहेको छ भने बैंक अफ काठमाण्डूले ९७ वटा शाखा कार्यालयहरू, ८७ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।