
काठमाडौं, १० चैत। नेकपा माओवादी केन्द्रले अन्याय गरी जिम्मेवारी दिँदा परिवारवाद हावी गरेपछि पदबाट राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महराका पूर्वस्वकीय सचिव प्रमोद शर्मा दम्पत्ती एमाले प्रवेश गरेका छन्।
काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन्। शर्मा माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष थिए भने चौधरी पनि प्रदेशस्तरीय नेता थिइन्।











प्रतिक्रिया