
काठमाडौँ, ९ चैत । देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै वुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले एक सूचना जारी गर्दै यस्तो जनाएका हुन् । ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो भने अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा बन्द हुनेछन् ।













प्रतिक्रिया