१३ कार्तिक २०८३, शुक्रबार

एमाले देशको सबैभन्दा ठूलो प्रमुख राजनीतिक पार्टी हो : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । आजबाट सुरु हुन लागेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको दाबी दोहोर्‍याएका छन् । ‘नेकपा एमाले देशको सबैभन्दा ठूलो प्रमुख राजनीतिक पार्टी हो,’ उनले भने ।

त्यस्तै, ओलीले आफ्नो पार्टीका बारेमा भ्रम सिर्जना गर्न खोजिएको पनि आरोप लगाए । उनले आफ्नो पार्टीविरुद्ध जनविरोधी प्रचारहरू भएको दाबी पनि गरे ।

आगामी निर्वाचन महत्वपूर्ण भएको भन्दै ओलीले भोलि केन्द्रमा बहुमतको सरकार बने पनि विकास जनताको घर दैलोमा पुर्‍याउने काम स्थानीय तहको भएको बताएका छन् । उनले स्थानीय निर्वाचनमा एमालेले बहुमतसहित विजय हासिल गर्ने पनि दाबी गरे ।