
काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेर हुनसक्ने बताएका छन् ।
मंगलबार जनकपुरधाममा सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्री हेरफेरको कुरा भइरहेको बताएका हुन् । उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’
उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’












प्रतिक्रिया