
काठमाडौँ, ८ चैत । स्थानीय बासिन्दाले ललितपुरको सातदोबाटो–चापागाउँ सडक बन्द गराएका छन् ।
स्थानीबासीले सडकमा धुलो उडेको भन्दै भेला भएर बन्द गराएका हुन् ।
एक वर्ष अघि नै ढोलाहिटीदेखि चापागाउँसम्मको बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ ।
घाम लाग्दा अत्याधिक धुलो उड्ने गरेकाले यात्रुहरुदेखि स्थानीयले तनाव भोगिरहेका छन् ।
स्थानीयले सडक पिच गर्ने माग गरेका छन् ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई वैकल्पिक रुटको रुपमा धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ ।
जसले गर्दा सातदोबाटो क्षेत्र अत्याधिक सवारी चाप भएको छ ।












प्रतिक्रिया