
काठमाडौँ, ८ चैत । एनआरएनएमा जारी विवाद हल भएको बताइरहेका बेला यसको संरक्षक शेष घलेले पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिएका छन्।
एनआरएन ग्लोबल कन्फरेन्स उद्घाटन गर्दै उनले संस्थामा भूकम्प गएको बताएका छन्। उनले भने, संस्थामा भूकम्प गएको छ। सन् २०१५ को भूकम्पले सिकाए जस्तै यसले केहि सिकाउनेछ। उनले भने, ‘ भोलि के हुन्छ। केही थाहा छैन। राम्रो होस् भन्ने आशा छ।’
उनले वर्तमान कार्यसमितिले काम गर्न नसकेको गुनासो गरे। यसको भावनाअनुसार चल्न नसकेको बताए। विश्वास निर्माण गर्न खोलिएको संस्थाले विश्वास गुमाएको उनको संकेत थियोे।












प्रतिक्रिया