१३ कार्तिक २०८३, शुक्रबार

एमालेले वैशाख ९ गते घोषणा पत्र जारी गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनको आगामी वैशाख ९ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने भएको छ ।

सोमबार बसेको पार्टीको पहिलो पोलिटब्यूरो बैठकले आगामी स्थानीय निर्वाचनका लागि वैशाख ९ गते पार्टी केन्द्रले घोषणा पत्र जारी गर्ने तथा त्यही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छान्न मापदण्ड समेत तयार गरेको छ । पार्टीको चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले निर्णयहरुलाई अनुमोदन गर्नेछ ।